इलेक्ट्रिक साइकलको सोरुममा आगलागी, करोडौंको क्षति

काठमाडौँ - मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
बुधबार दिउँसो मुनालपथमा रहेको इलेक्ट्रिक मोटरसाइकल र बाइक बिक्री गर्ने भव्या इन्टरनेशनलमा आगलागी भएको थियो । कोशी राजमार्गमा पर्ने सो पसलमा इलेक्ट्रिक बाइक मर्मत गर्ने क्रममा आगलागी भएको बताइएको छ । आगलागीबाट इलेक्ट्रिक बाइक, स्कुटी, ब्याट्री लगायतका सामग्रीहरू जलेको र करिब डेढ करोड रुपैया बराबरको क्षति भएको सो पसलका सञ्चालक मनिष बंशलले जानकारी दिए ।
नेपाल प्रहरी, नगर प्रहरी र नेपाली सेनाको सहयोगमा विराटनगर महानगरपालिकाको ३ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया