ललितपुर महानगरलाई विपद् व्यवस्थापनको केन्द्र बनाउने मेयर महर्जनको संकल्प

काठमाडौँ - ललितपुर महानगरपालिकाका मेयर चिरि बाबु महर्जनले ललितपुरलाई विपद् व्यवस्थापनको क्षेत्रमा देशको पहिलो महानगरपालिका बनाउने दृढ संकल्प व्यक्त गरेका छन्। बुधबार ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियानको शुभारम्भ गर्दै मेयर महर्जनले य
स योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
महर्जनका अनुसार, ललितपुर महानगर क्षेत्रमा आपतकालीन अवस्थामा ४ मिनेटभित्र दमकल र अन्य आवश्यक उपकरणहरू पुर्याउने योजना तयार भइसकेको छ। उहाँले नेपालको २९३ वटा नगरपालिकाहरूमध्ये ललितपुरलाई विपद् व्यवस्थापनमा पहिलो स्थानमा ल्याउने लक्ष्य रहेको स्पष्ट पारे ।
तत्कालीन उपायका लागि आफ्नो तर्फबाट गरिनुपर्ने कामहरू तीव्र गतिमा अघि बढाइएको र पुल्चोक दमकल केन्द्रलाई मुख्य आधार बनाई अन्य चारवटा सवस्टेशनहरूको अध्ययन भई चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सुरु हुने जानकारी दिए । यस सँगै, मेयर महर्जनले ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने महानगरको उद्देश्य रहेको बताए ।
ललितपुर महानगरपालिकाको यो अग्रसरता आपत्कालीन व्यवस्थापनमा उदाहरणीय हुने अपेक्षा गरिएको छ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया