धुलिखेलमा विदेशी नागरिकलाई चक्कु देखाई एटिएम र मोबाइल लुट्ने तीन युवक पक्राउ

काठमाडौँ - काभ्रेको धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन र जर्मन नागरिकमाथि काभ्रेको बनेपामा चक्कु देखाएर एटिएम, मोबाइल लगायतका सामाग्री लुटपाट गरेको आरोपमा तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाले बनेपा–६ भ्यूटावरको सिँढीमा विदेशी नागरिकलाई डर देखाएर लुटपाट गरेको पुष्टि भएको छ।
पक्राउ परेका व्यक्तिहरूमा २० वर्षीय हरि चौधरी, १७ वर्षीय सन्देश जैरु, र १६ वर्षीय उज्ज्वल दाहाल रहेका छन्। नेपाल प्रहरीले ती विदेशी नागरिकहरूलाई सुरक्षित राख्दै लुटपाटमा संलग्नहरूमाथि थप अनुसन्धान अगाडि बढाएको छ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया