हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन

मकवानपुर - हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो ।
स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया