६ हजार ५ सय जनालाई निः शुल्क कृत्रिम खुट्टा वितरण

काठमाडौँ- मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा निः शुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । संविधान दिवसको अवसरमा मारवाडी सेवा समिति, पशुपति गौशाला धर्मशाला एवं बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयले संयुक्त रुपमा निः शुल्क कृत्रिम खुट्टा वितरण गरेका हुन् ।
संविधान दिवसको अवसरमा ६ हजार ५ सय जनालाई कृत्रिम खुट्टा वितरण गरिएको पशुपति गौशाला धर्मशालाका महासचिव राजेश अग्रवाले जानकारी दिए । समाजमा भएका अपाङ्ग व्यक्तिहरूलाई कृत्रिम खुट्टा दिएर सक्षम बनाउने उद्देश्यका साथ कृत्रिम खुट्टा वितरण गरिएको उनले बताए ।
उनले उपत्यका मात्र नभएर जिल्ला बाहिर पनि उक्त कार्यक्रम गर्दै आएको बताए । काठमाडौंमा सेवा लिन आउनेहरूको लागि बस्न खानको पनि संस्थाले नै व्यवस्था गरेको उनले बताए ।
आफ्नो सहयोगका कारण धेरै जनाको जीवनमा सकारात्मक प्रभाव परेको उनले बताए । एउटा खुट्टाको २५ हजारको दरले आजको कार्यक्रममा ९ वटा कृत्रिम खुट्टा आउने रकम दान आएको अग्रवाले जानकारी दिए ।
बागमती प्रदेशका स्वाथ्यमन्त्री किरण मगर र सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया