शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

काठमाडौँ महानगरले भन्योः ब्राण्डिङ गर्न चाहनेले १५ दिनमा सम्पर्क गर्नू

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउन तथा महानगरको ब्राण्डिङ गर्न चाहनेलाई सम्पर्कमा आउन आग्रह गरेको छ । महानगरले सूचना जारी गरेर व्यक्ति, फर्म,संस्था तथा गैरसरकारी संस्थालाई १५ दिन भित्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

महानगरको शहरी योजना आयोगको सचिवालयमा सम्पर्क गरी आवश्यक कागजपत्र बुझाउन अनुरोध गरेको हो ।