विदेशीलाई लुटपाट गर्नेहरू पक्राउ

काभ्रेपलाञ्चोक - लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका-९ सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो । विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ । -रासस

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

प्रतिक्रिया