नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन्ः सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् ।
जितिया पर्वका अवसरमा उहाँले सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उनले बताएका छन् ।
यो पर्व नेपालको तराईमा विशेष गरेर थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ । साथै उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया