आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

गोर्खा मिडियामा भएको रकम अपचलनबारे नैतिक जिम्मेवारी लिन्छु - सभापति लामिछाने

फाइल फाेटाे

काठमाडौँ  - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । मंगलबार फेसबुक लाइभमा आउँदै लामिछानेले यस्तो बताएका हुन् ।

उनले सञ्चारकर्मीहरूले आफ्नो बारेमा तथ्यहरू बङ्ग्याएर लेखेको बताए । सहकारी ठगीमा संलग्न छैन भन्दा भन्दै पनि जबर्जस्ती ठग बनाउने प्रयास भएको लामिछानेले गुनासो गरे ।

उनले गोर्खा मिडियामा भएको रकम अपचलनबारे नैतिक जिम्मेवारी लिने बताए । सहकारी ठगीमा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन समितिका सभापति सूर्य थापाले नै पटक पटक दोहोर्याएको उनले स्मरण गरे । सहकारी ठगीबारे आफूपनि चिन्तित रहेको र समाधानका लागि तत्पर रहेको उनले बताए ।