साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट
काठमाडौँ- घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ४० खेलाडी छनोट भएका छन् ।
मंगलबार आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज खेलाडी छनोट गरेका हुन् ।
उनले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक राजधानीमा जारी एन्फा महिला लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
छनोट हुने नेपाली टोलीमा अञ्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उसा नाथ, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, नीसा थोकर, पुजा राणा, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु र दीपा शाही छन् ।
त्यसैगरी सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन छनोटमा परेका छन् । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ ।
नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान रहेका छन् । त्यसैगरी समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । उक्त प्रतियोगिताको खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा हुनेछ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया