माओवादी केन्द्रको सुदूरपश्चिम नेतृत्वमा ठूलो फेरबदल: ६ जिल्लाका इन्चार्जहरू हेरफेर
काठमाडौँ - सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा माओवादी केन्द्रले ठूला फेरबदल गर्दै नयाँ इन्चार्जहरू तोकेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर गरेको सर्कुलरअनुसार टेकेन्द्र भट्ट, नेप बहादुर चौधरी, कुन्ती जोशी, त्रिलोचन भट्ट, नरेन्द्र कुवेर, र लक्षण दत्त जोशीले क्रमशः कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बैतडी, र दार्चुलाको इन्चार्जको जिम्मेवारी पाएका छन्।
यो पुनः संरचना माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश नेतृत्वमा आन्तरिक सन्तुलन कायम गर्ने प्रयासको रूपमा हेरिएको छ। पछिल्लो सर्कुलरमा उपमहासचिव वर्षमान पुन निकट नेताहरूले पाँच जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हाल्दा, जनार्दन शर्मा र नारायणकाजी श्रेष्ठ निकटका नेताहरूले दुई-दुई जिल्लामा स्थान पाएका छन्।
यसअघि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट इन्चार्जहरूको वर्चस्व रहेको सुदूरपश्चिम प्रदेशमा अब पुन निकट इन्चार्जहरूको संख्या उल्लेख्य रहेको छ। नेताहरूको यो फेरबदलले पार्टीको आन्तरिक समीकरणलाई प्रभाव पार्ने र आगामी राजनीतिक रणनीतिमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया