जितिया पर्वको कठोर उपवास सुरु
काठमाडौँ - मिथिलाञ्चलका महिलाहरू सन्तानको दीर्घायु, पुत्र प्राप्ति, र पारिवारिक सुख–शान्तिका लागि आजदेखि जितिया पर्वको कठोर उपवासमा बसेका छन्। ‘नहाय खाय’ विधिबाट औपचारिक रूपमा सुरु भएको यो पर्व बुधबार साँझ ५:१५ बजे व्रत पारणसँगै सम्पन्न हुनेछ।
जितिया पर्वमा महिलाहरू दुई दिन निराहार र निर्जल व्रत बस्छन्, जसलाई अत्यन्तै कठिन उपवास मानिन्छ। सोमबार बिहान नदी, पोखरी वा तलाउमा स्नान गरी घिरौँलाको पातमा भगवान् जितमाहन र दिवंगत पितृलाई चिउरा, दही, अमोट र पिना चढाएर सुरु भएको यो पर्वमा महिलाहरूले मंगलबार र बुधबार कुनै अन्न, जल ग्रहण नगरी व्रत बस्नेछन्।
यो पावन पर्वको ऐतिहासिक पृष्ठभूमिमा राजा शालिवाहनले दैत्यबाट सात जना बालकहरूलाई मुक्त गराएको कथा छ, जसका कारण महिलाहरूले ‘जितमाहन’ देवताको उपासना गर्दै आफ्नो सन्तानको दीर्घायु र समृद्धिका लागि व्रत बस्ने चलन बसालिएको हो।
व्रतको पहिलो दिन ‘माछ मरुवा’ अर्थात् कोदोको रोटी, नुनीको साग र माछा खाने परम्पराले यो पर्वको प्रारम्भ गरिन्छ। मंगलबारको बिहान ४ बजेदेखि काग कराउनुअघि नै ओंगठन गरेर महिलाहरूले विभिन्न जलाशयमा स्नान गरी जितमाहनको कथा सुन्ने र व्रत बस्ने प्रचलन रहेको छ। यस क्रममा देवतालाई चढाइएको प्रसाद परिवारका सदस्यलाई लगाइदिने धार्मिक परम्परा समेत रहेको छ।
व्रतालु महिलाहरूको श्रद्धा, समर्पण र सहनशीलताले यो पर्वलाई विशेष बनाएको छ। धर्म, संस्कार, र आस्थाको एक अनोठो संगमका रूपमा जितिया पर्वले मिथिलाञ्चलको सांस्कृतिक धरोहरलाई अझै सशक्त बनाएको छ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया