राप्रपाले छठपछि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरूले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरि आन्दोलन गर्ने जनाएका हुन् ।
राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दाहरूलाई स्थापित गराउन छठपछि काठमाडौंमा सातदेखि दश दिनसम्म निरन्तर आन्दोलन गर्ने बताए । उनले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान बिचार भएकाहरूलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिए ।
आन्दोलनलाई निष्कर्षमा नपुराएसम्म आफ्नो मुद्दाहरू स्थापित हुन नसक्ने भएकाले अबको आन्दोलन निर्णायक हुने उनको भनाइ छ । पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जन दबाव सिर्जना गर्न राप्रपाले आन्दोलनको तयारी गरेको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया