सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

महान्यायाधिवक्ताको प्रश्न : बङ्गालको खाडीमा पुगेको पानीलाई कुन गण्डकी, कुन कोशी कसरी छुट्याउने श्रीमान् ?

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले प्रधानमन्त्रीले ७६(४) बमोजिम नै विश्वासको मत दाबी गर्ने बताएका छन् । यसका लागि उनले खोलानालाको उदाहरणसमेत दिए ।

सोमबार संवैधानिक इजलासमा बडालले जिकिर गरे,'विश्वासको मतको दाबी गर्ने त उपधारा (४) नै रैछ नि । देशभर नदिनाला गएर मिस्सिने बङ्गालको खाडीमै रैछ । उपधारा (१),(२),(३) र (५) जसरी नियुक्त भए पनि विश्वासको मत लिन जाने ठाउँ उपधारा (४) नै हो । अब कुन पानी कर्णालीको, कुन गण्डकी,कुन कोशी कसरी छुट्याउने श्रीमान्, त्यही ७६(४) मा गएर विश्वासको मत लिनुपर्ने भएपछि (५) लाई दलको ह्विप लाग्ने, अरु उपधारामा ह्विप नलाग्ने कसरी भयो ?'