मेलम्चीमा भ्रष्टाचार : पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गर्ने पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद सजाय तोकिएको छ। विशेष अदालतले उक्त मुद्दामा उनीसहित ४ जनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमवार उनीहरूमाथिको सजाय निर्धारण गर्दै उक्त आदेश दिएको हो।
आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई पनि ८ वर्ष एक महिना नै कैद तोकिएको छ। परामर्शदाता शिवकुमार शर्मालाई ६ वर्ष कैद तोकिएको छ। सबैलाई बिगोबमोजिमको रकम असुल गर्न पनि आदेशमा भनिएको छ।
विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो असुल गर्न आदेश दिएको छ। देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो असुल गर्न भनिएको छ।
मतियार बनेको इप्टिसा र बेट्स (बीइटीएस)सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ। इटालियन निर्माण कम्पनी सीएमसीलाई २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो असुलको आदेश दिइएको छ। अख्तियारले गत वर्षको फागुनमा उक्त मुद्दा दर्ता गरेको थियो।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया