काठमाडौं महानगरपालिकामा प्रदीपको परियारको ठाउँमा आए सरोज गुँरागाई

काठमाडौँ- प्रमुख प्रशासकीय अधिकृतको रुपमा काठमाडौँ महानगरपालिकामा सरोज गुरागाईँले पदबहाली गरेका छन् । सोमबार उनले आफ्नो पहिलो दिनमा प्रशासन विभागका प्रमुखको अधिकार प्रत्यायोजन पत्रमा हस्ताक्षर गर्दै कर्तव्य पालनाको सुरुवात गरेका हुन् ।
गुरागाईँ २०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट संघीय निजामती सेवामा प्रवेश गरेका थिए । पछिल्लो दुई वर्षदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत थिए।
महानगरमा पदबहाली गर्दै उनले नेतृत्वको प्रतिष्ठा र ओजले काठमाडौँको गौरव वृद्धि भएको र यस गौरवलाई थप उचाइमा पुर्याउन आफूले काम गर्ने बताए । उनको तीन दशकभन्दा लामो सरकारी सेवामा, उनले स्थानीय विकास मन्त्रालयमा २४ वर्ष, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २ वर्ष र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० वर्ष सेवा गरेका छन् ।
गुरागाईँले काठमाडौं महानगरको प्रतिष्ठा जोगाउँदै, आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्य व्यक्त गरे। निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

प्रतिक्रिया