'दलले टिकट दिएर निर्वाचित हुने, अनि म निर्दलीय भएँ भन्न मिल्दैन'

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले दलको टिकटबाट निर्वाचित हुने सांसदले म निर्दलीय भएँ भन्न नपाउने तर्क गरेका छन् । प्रतिनिध सभा विघटनसम्बन्धी रिटमा सरकारको तर्फबाट बहस गर्दै एउटा दलको निर्णयविपरीत दलका सदस्यले अर्को दललाई समर्थन गर्न नमिल्ने जिकिर गरे ।
'दलले टिकट पठाएर निर्वाचित हुने अनि म निर्दलीय भएँ भन्न मिल्दैन, महान्यायाधिवक्ता बडालले भने, 'असमान विचारधारा भए मात्रै बहुदलीय व्यवस्था भन्छौं । एउटा दलको निर्णय विपरीत दलका सदस्यले अर्को दललाई समर्थन गर्न मिल्छ ? संविधानले परिकल्पना गरेको राजनीतिक दल यहीँ हो ? संविधानले परिकल्पना गरेको संरचना भनेको बहुदलीय व्यवस्था हो । दलीय प्रतिस्पर्धा हो । दलीय प्रतिस्पर्धालाई असर पुग्ने गरी भएको मागदाबी अदालतले सम्बोधन गर्न मिल्छ ?'

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया