प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क - संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको प्रधान कार्यालयमा आज आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन् ।
उक्त समिटको उद्घाटनसत्रमा सहभागी भएपछि आयोजित छलफलसत्रको प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका हुन् । यो सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी योजनाबारे छलफलमा सहभागी सदस्य राष्ट्रका मन्त्री र प्रतिनिधिले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
त्यसअघि, प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले समिट अफ द फ्युचरमा भाग लिएको थियो ।
प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुभएको अन्तरक्रियात्मक सत्रमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी छन् ।

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया