कियराको हातमा रनवीर र रामचरणका फिल्म

मुम्बई ; ‘कबिर सिंह’को सफलतापछि कियरा आडवानी बलिउडमा डिमान्डेड अभिनेत्री बनेकी छिन् । यो फिल्मको सफलतासँगै लगालग उनलाई ठूलो ब्यानरका फिल्मले सम्झिन थालेका छन् । त्यसो त उनका दुई पछिल्ला रिलिज ‘लक्ष्मी’ र ‘इन्दु कि जवानी’ले खासै गतिलो प्रतिक्रिया पाएनन् ।
तर, यसले उनको माग कुनै कमी आएको छैन । हालसालै मात्र पनि उनले दुई ठूला प्रोजेक्ट साइन गरेको खबर छ । दुवै फिल्म दक्षिण भारतीय निर्देशक शंकरका हुन् ।
कियराले एउटा फिल्म रामचरणको अपोजिटमा हात पारेको खबर छ भने अर्को रणवीर सिंहको जोडीको रुपमा । शंकरले कियरालाई रामचरणलाई लिएर बनाउन लागेको फिल्म ‘आरसी १५’ का लागि कियरालाई अनुबन्ध गरेका हुन् भने उनै शंकरले हिन्दीमा रिमेक गर्न लागेको ‘अपरिचित’का लागि पनि कियरालाई साइन गरेका हुन् ।
यो फिल्ममा रनवीर सिंह पहिले नै फाइनल छन् । शंकरले उनलाई अर्को एउटा फिल्मका लागि पनि साइन गरेको खबर छ । कियराका तीन फिल्म प्रदर्शनको पर्खाइमा छन् । कियराका ‘जुग जुग जियो’, ‘भूलभूलैया २’ र ‘शेरशाह’ प्रदर्शन हुन बाँकी हुन् । यिमध्ये केही फिल्मको सुटिङ सकिएको छ भने केहीको सुटिङ बाँकी रहेको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया