कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन, को को छन् सदस्य ?

विराटनगर - नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम् साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।
आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम् साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो । ६ सदस्यीय कार्यदलमा दुई जना मन्त्री छन् ।
कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक छन् ।
कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ छन् ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कार्यदललाई न्यूनतम् साझा कार्यक्रम तय गर्न २३ असोजसम्मको समय दिइएको छ । समितिले तयार गरेको न्यूनतम् साझा कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले आफ्नो काम गर्नेछ ।

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात
मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी

मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

प्रतिक्रिया