संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको विषय गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनुरुप गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
समितिले रास्वपा सभापति रवि लामिछानेसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र छबिलाल जोशीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

पहिरोले चीन जोड्ने सडकको बेहाल, भोटेकोशी गाउँपालिकाले गरायो मन्त्रालयको ध्या…

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानम…

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

प्रतिक्रिया