कोप-२९ का लागि आवश्यक तयारी भइरहेको छ - मन्त्री शाही

काठमाडौँ - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन कोप २९ का लागि आवश्यक तयारी भइरहेको बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा जलवायु परिवर्तनको असरलाई विश्वमाझ जानकारी गराउने गरि कोप २९ सहभागी हुने गरि तयारी भइरहेको जानकारी दिए ।
कोप २८ को निष्कर्ष कार्यान्वयनको चरणमा रहेको अवस्थामा कोप २९ मा नेपालको प्रतिनिधित्व प्रभावकारीका साथै उपलव्धिपूर्ण बनाउन विज्ञहरुसँग छलफल गरेको उनले बताए ।
उनले उक्त सम्मेलनमा आवश्यक संख्या र सम्बन्धित व्यक्तिहरूलाई मात्रै सहभागी गराइने समेत बताए ।
बैठकमा समिति सदस्यहरूले नेपालमा जलवायु परिवर्तनले पुराइरहेको असर र यसका कारण नागरिकले भोग्नुपरेका समस्याहरू विश्वलाई अवगत गराउनु अपरिहार्य रहेको धारणा राखेका थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया