सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।
असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय २० निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया