घरमा विषालु सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित
काठमाडौँ : घरमा सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित बनेको छ । पाणिनि गाउँपालिका ७ झन्द्रेकमा रहेको नरेन्द्रप्रसाद बन्जाडेको घरमा विषालु सर्प (किङ कोब्रा) पस्दा गाउँ आतंकित भएको हो ।
आइतबार दिउँसो घरमा पसेको सर्प सोमबारसम्म पनि निस्केको छैन । सर्प पसेपछि परिवारले घर छाडेका छन् । एउटा कोठामा सर्पलाई थुनेर राखिएको घटनास्थलमा रहेका पत्रकार रविन घिमिरेले जानकारी दिए ।
आइतबार दिउँसो पसेको सर्प धपाउने प्रयास गरिएपनि सफल नभएपछि उनीहरुले सर्प पसेको कोठा बन्द गरेका छन् । सोमबार बिहान नजिकै रहेको केही विज्ञले समेत सर्पको उद्धार गर्ने प्रयास गरेका थिए । तर त्यो प्रयास सफल नभएपछि अहिले प्रहरी समेत पुगेको पत्रकार घिमिरेले बताए ।
उनका अनुसार सर्पको उद्धारका लागि पाल्पाबाट विज्ञसहितको विशेष टोली आउने तयारीमा छ । कोब्रा जस्तो देखिने सर्प ठूलो र विषालु देखिएको पाणिनी बहुप्राविधिक शिक्षालयका वनविज्ञान प्रशिक्षक बिनोद जेठारा क्षेत्रीले जानकारी दिए । उनका अनुसार उद्धार गर्न खोज्दा सर्प आक्रामक देखिएकाले टोक्ने डरले मानिसहरुलाई जान दिइएको छैन ।
नयाँ र ठूलो देखिएपछि सर्प हेर्नेको भीड लागेको छ ।

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

सहज बन्यो मालिकाधुरी यात्रा

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

प्रतिक्रिया