कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग - महासचिव पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताएका छन् ।
प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गोर्खा मिडियाका साझेदार भएकोले त्यसले गरेको सहकारी ठगीको घटनाबाट लामिछाने उम्किन नमिल्ने बताए ।
गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्वीकार गर्नु नै भ्रष्टाचार भएको उनको दाबी छ ।
लगानीबिना शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना नै नगरेको उहाँले दाबी गर्नुभयो । बिना लगानी साझेदारी प्राप्त गर्ने कुरा अनैतिक कुरा भएको उनले बताए । सहकारीको सदस्य नभएको गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा हालेर लामिछानेले अनुचित काम गरेको उनले दाबी गरे ।
त्यस्तै उनले माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्डले संसदमा असंसदीय र अमर्यादित गतिविधि देखाएको आरोप लगाए । नयाँ सरकार गठनको सय दिन पुरा नहुँदै सरकारको संसदमा विभिन्न बाहानावाजी गर्दै आलोचना गर्ने, संसद अवरुद्ध गर्ने काम असंसदीय र अमर्यादित भएको महासचिव पोख्रेलले बताए । दुई ठुला पार्टी काग्रेस र एमालेका बीचमा अन्तरविरोध पैदा गर्दै सत्तामा रहिरहने माओवादी सोच मुलुकमा अस्थिरताको मुल कारण भएको भन्दै अब मुलुकले त्यसबाट छुटकारा पाएको बताए ।
पोखरेलले आगामी निर्वाचनमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णयले माओवादीमा त्रास सृजना भएको भन्दै जनताको मन जितेर संसदमा र सरकारमा आउन माओवादी केन्द्रलाई सुझाव दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया