सरकारी वकिलको बहस आजदेखि, महान्यायाधिवक्तालाई तीन घण्टा समय

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि (सोमबार) सरकारी वकिलहरूले बहस सुरु गर्ने भएका छन् । आइतबार निवेदक पक्षको बहस सकिएको थियो ।
महान्यायाधिवक्ता रमेश बडालले बहसको सुरुवात गर्नेछन् । सरकारी पक्षलाई बहस गर्न १५ घन्टा दिइएको छ । जसमा एक घन्टा सभामुख पक्षलाई छुट्याइएको छ ।
महान्यायाधिवक्ताले तीन घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्ने तय भएको छ ।
११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए । सरकारी वकिललाई साढे सात घण्टा र निजी वकिललाई साढे छ घण्टा समय दिइएकाे छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया