'चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ'

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले चाँडै नै औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने बताएका छन् ।
टोकियोस्थित नेपाली दूतावास र त्यहाँको विदेशी श्रमिकको रोजगारीसम्बन्धी निकायले बिहीबार जापानमा आयोजना गरेको ‘नेपाल–जापान रोजगार सम्मेलन’मा उनले दुई देशबीचको निश्चित सीपयुक्त श्रमिक जापान पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताए ।
उनले नेपाल र जापानबीच सन् १९५६ देखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको स्मरण गर्दै जापान नेपालीको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य भएको बताउनुभएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
टोकियोमा रहँदा श्रममन्त्री भण्डारीसमक्ष जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीले भेट गरी द्विपक्षीय रोजगारी प्रवद्र्धनका विषयमा छलफल भएको मन्त्रायले जनाएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया