दशैंको टिकाको उतम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौँ - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ । समितिले आज जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको हो ।
२०८१ सालको दशैं असोज १७ गतेबाट दशैं सुरु हुनेछ । १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ ।
असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरूमा दशैंको सार्वजनिक बिदा सुरु हुनेछ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।
यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । सो दिन टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।
असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ । यसै दिनबाट दशैं सकिन्छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया