१७ लाख मूल्य बराबरको अवैध सामान बरामद

वीरगञ्ज - सशस्त्र प्रहरी बल नेपाल, पर्साले आज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रुपमा भित्र्याइएको १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनवाबाट अवैध रुपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्तालगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार सात सय ७० मूल्य पर्ने सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर कुँवरले शुक्रबार बलले अवैध रुपमा भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडासहितका अन्य सामान बरामद गरिएको जानकारी दिए ।
“अवैध भन्सार छली गरेर भित्राइएका सामान पक्राउ गरेर शुक्रबार नै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ”, उनले भने ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_iVzEUgGfWk_llx2ehzfczvdmojexsvtvfn4snd7ug5jcrneno0rwpeug7adxmtijqpzzqls.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

प्रतिक्रिया