कवि तथा गीतकार दीपा राईको 'कुनै मधुर धुन’को गीत सार्वजनिक

काठमाडौँ- अमेरिकामा बसेर नेपाली साहित्य तथा संगीतमा योगदान पुर्याइरहेकी कवि एवं गीतकार दीपा राई पुनको गीत सार्वजनिक भएको छ । उनले ‘कुनै मधुर धुन’ को नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
बिहीबार सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा राईको शब्द तथा मेलिना राईको स्वर रहेको छ । गीतकार राईलेे म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
आधुनिक सुगम शैलीको गीतमा सचिन सिंहको संगीत रहेको छ । अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । साथै, दिनेश पराजुलीको छायाङ्कन र विकास पराजुलीको सम्पादन र चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।
राजबाबु चौधरीले रेकर्ड गरेका यस गीतको प्रस्तुति गीतकारकी आमा बिमला राईले गरेकी हुन् । फर्पिङ र उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको थियो । म्युजिक भिडियोमा प्रेमिल जोडीका माया पिरतीका विभिन्न क्षणहरू, प्रेम प्रतिको समर्पण र आत्मीय प्रेमको नमुनालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
प्रवासमा बसेर नेपाली गीत, संगीत र कविताको क्षेत्रमा आफ्नो कलम चलाउँदै आएकी राईका दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनका कविता कृतिहरू पनि बजारमा छन् ।
यसअघि ‘प्रतिरुप’ गीति एल्बम पनि सार्वजनिक गरेकी थिइन् । साथै, तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता, दीयोको अन्तिम लप्का र शरदका पहेंला पातहरूजस्ता कविता कृति बजारमा ल्याइसकेकी राईले आउने दिनमा फरक खालका गीत र कविता कर्मलाई निरन्तरता दिने दाबी गरेकी छिन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया