‘नेशनल डे कन्सर्ट’ सकियो

काठमाडौँ - संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । आज साँझ ४ बजेदेखि सुरु कन्सर्ट करिब चार घण्टा चलेको थियो ।
कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उनकी पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सहभागी भए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर कन्सर्टमा सहभागीसँग संविधान दिवसको खुसी साटेका थिए । उनले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए ।
कन्सर्टको सुरक्षार्थ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा भएको कन्सर्ट सञ्चालनका लागि सरकारले समन्वय र सहजीकरण गरेको थियो ।
कन्सर्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अर्केस्ट्रा प्रस्तुत गरेका थिए भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतले प्रस्तुति दिएका थिए ।

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

प्रतिक्रिया