‘संविधानको अक्षरशः पालनाबाट नागरिक अधिकार सुनिश्चित’

कर्णाली- कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीबार संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सङ्घीय, समानुपातिक, धर्मनिरपेक्ष र समावेशी विशेषता बोकेको नेपालको संविधान कार्यान्वयनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र नेपाली जनता एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने,, “संविधानमा उल्लेख गरिएका कुरा सबै कार्यान्वयन भएका छैनन् भन्नु अहिले नै उपयुक्त नहोला ।”
प्रदेश प्रमुख जोशीले यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र जनताको अवस्था बदलिने जिकिर गरे । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान लेख्दा कालो अक्षर भए पनि जनताको रगतबाट लेखिएको संविधान भएको उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कमी कमजोरी मात्र नभई विकल्प खोज्ने छुट रहेको उनले जनाए ।
यद्यपि यसको कार्यान्वयनमा तीन तहका सरकारको आपसी समन्वय हुनुपर्ने उहाँको भनाइ थियो । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान नेपाली जनताको हकअधिकारका सर्वाङ्गीण क्षेत्रको दस्तावेज रहेको बताए । उनका अनुसार ऐतिहासिक उपलब्धिको रक्षा संविधानको परिपालनाबाट मात्र हुन्छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले संविधानमा व्यवस्था गरिएका हकअधिकार लागु हुन सकेमात्र मुलुकको समृद्धि र विकास हुने बताए ।
“करिब तीन दर्जन हाराहारीमा मौलिक हक छन् र ती सबैको कानुन बनेको छैन,” उनले भने, “एकल तथा साझा सूचीका अधिकारअनुसार जान कञ्जुस्याई गर्दा संविधान र सङ्घीयता कार्यान्वयनमा चुनौति थपिएको छ ।”
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकसहित नागरिकको हित हुने बताए ।
अहिलेको अवस्थाबाट माथी उठेर सबै तह, निकाय अर्थात क्षेत्रले आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गरे सुशासन कायम हुने एवं संविधानअनुसार अपेक्षित गन्तव्यमा पुग्न सकिने प्रमुख सचिव पौडेलको भनाइ छ । -रासस

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया