संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट

गण्डकी- गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने बताएका छन् । बिहीबार संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य, मान्यता र प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउन संविधान दिवसले नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेकामा जोड दिँदै उहाँले देशको हित र जनताको उन्नतिभन्दा ठूलो कुनै लक्ष्य हुन नसक्ने सन्देशमा उल्लेख गरेका छन् ।
संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले शुभकामना सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका हुन् ।
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न सफल भएको प्रदेश प्रमुख भट्टद्वारा जारी सन्देशमा उल्लेख छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया