बिहीबारबाट अस्थायी रुपमा नवनिर्मित धरहरा सञ्चालनमा आउने

काठमाडौँ - संविधान दिवसका अवसरमा बिहीबारबाट अस्थायी रुपमा नवनिर्मित धरहरा सञ्चालनमा आउने भएको छ ।
मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार बिहीबारबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याउन लागिएको हो । अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहराको अवलोकन गरे । सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णय अनुसार अन्तरिम समयमा लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए । उनले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्ण रुपमा सञ्चालनको तयारी भएको बताए ।
एक दिनमा अधिकतम ५ सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरि व्यवस्था गरिएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

प्रतिक्रिया