शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

दिल्लीमा कोरोना संक्रमित घटे, २४ घण्टामा ८९ सङ्क्रमित

सांकेतिक तस्बिर

नयाँ दिल्ली : दिल्लीमा बिगत २४ घण्टामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या यो वर्षकै सबैभन्दा कम रहेको संघीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ८५ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको र चार सङ्क्रमितको मृत्यु भएको हो ।

दिल्लीमा पछिल्लो २४ घण्टामा २८५ व्यक्ति कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन् । दिल्लीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५६८ रहेको छ । 

 दिल्लीमा कोभिडका कारण मृत्यु हुनेको दर १.७४ प्रतिशत कायम भएको छ । (एएन्आई)