विधानलाई गतिशील बनाउनका लागि संविधान संशोधन आवश्यक: मन्त्री पाण्डे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि सबै दललाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् ।
नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले संविधानलाई गतिशील बनाउनका लागि संशोधन आवश्यक रहेको भन्दै यसका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताए ।
मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । राष्ट्रको हितका पक्षमा एमाले र कांग्रेसमात्रै नभइ अन्य दलहरूसमेत एक ठाँउ आउनुपर्ने उनले बताए ।
मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम गरेको जिकिर गरे ।
उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्नेमा समेत जोड दिए ।

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

प्रतिक्रिया