डिजिटल कन्सोल सहितको नयाँ बजाज पल्सर एनएस २०० नेपालमा उपलब्ध

काठमाडौँ- बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ।
पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको छ।
नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ। यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ।
यसमा लागि ६-स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ। यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण-डिजिटल कन्सोल हो जसमा टर्न-बाई-टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स-टु-एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ।
अपसाइड-डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर-टु-वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।
यस बारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं। एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो। ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौं।”
नयाँ बजाज पल्सर एनएस २०० को मुल्य रु. ४,४४,९०० रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन् ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

प्रतिक्रिया