शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

खेतमा सडे-गलेको अवस्थामा भेटियो शव

२३ दिनदेखि हराएकी सुजिताको शव भएको माइती पक्षको दाबी

फाइल फोटो

जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका–७ एक महिलाको शव सडे–गलेको अवस्थामा फेला परेको छ । स्थानीय २६ वर्षीया महिला सुजिता ठाकुरको हुन सक्ने र हत्या गरी लाश गाडेको आशंका प्रहरीको छ । शरीरको केही भाग सडे–गलेको अवस्थामा भेटिएको हुँदा पहिचान गर्न समस्या भएको हो । गत १९ जेठदेखि बेपत्ता रहेकी सुजिताकै रहेको पुष्टि नभए पनि माइती पक्षले आफ्नै छोरीको रहेको र उनको हत्या भएको दाबी गरेका छन् ।

मृत शरीर गलाउन मलखाद र नुनको समेत प्रयोग गरिएका कारण शव गलिसकेकाले पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । तर दाइजो नदिएको र घरायसी विवादका कारण तिनैको परिवारले हत्या गरेको दावी सुजिताका भाइ शिवम पाण्डेको छ । उनले भने, ‘यसअघि पनि पटक-पटक कुटपिट हुँदै आएको थियो ।’

सुजिताका पिता कामेश्वर पाण्डेले ‘शवका भाग र कपडाका कारण आफ्नै छोरीको भएको’ बताए । सुजाता २३ दिनदेखि बेपत्ता थिइन् । घरबाट एक किलोमिटर दूरीमा उनकै खेतमा गाडिएको सडे–गलेको अवस्थामा प्रहरीले झिकेको हो । पाण्डेले ‘थप दाइजोका लागि शुरूदेखि ससुरा पक्षले यातना दिँदै आएको दाबी’ पनि गरे । 

हत्यापछि खेतमा गाडेको आशंकामा सुजिताको माइती पक्षको सहयोगमा प्रहरीले उत्खनन् गरेको हो । माटोमा मिसिएको कपाल, नङ र रगतका अंश फेला परेपछि प्रहरीले उत्खनन् गरेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।

उनले भने सुजिता बेपत्ता भएपछि हत्याको आशंकामा आरोपितविरूद्ध प्रहरीले न त निवेदन दर्ता गरे न खोजतलाश नै । प्रहरीले सहयोग नगरेपछि सुजिताका आफन्तले पछि महिला अधिकारकर्मीहरूलाई गुहारे । ती अधिकारकर्मीको सहयोगमा मधेसी आयोगमा उजुरी दिएका थिए ।

आयोगका अध्यक्ष डा. विजय दत्तले सुजिता बेपत्ता घटनाको छानविन गर्न निर्देशन दिएपछि प्रहरीले उत्खनन कार्य शुरू गरेको महिला अधिकारकर्मी गुञ्जा रायले बताइन् । यता मृतकका आफन्तले शव सुजिताकै रहेको दाबी गरे पनि प्रहरीले पुष्टि गरेको छैन ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले भने, ‘अपहरित भनिएका महिलाको आफन्तले शव सुजिताको रहेको दाबी गरेपनि उत्खनन्मा भेटिएका सामाग्री मानव शव नै हो अनुसन्धान बिना भन्न सकिँदैन ।’

उनले भने, मलखाद् र नुनसहितमा माटोमा मिसिएको अवस्थामा केही नङ्ग र कपालका भेटएको हो । प्रहरीले उत्खन्नमा भेटिएका सामाग्री नियन्त्रणमा लिइसकेको छ । त्यसलो चेक जाँचका लागि फोरेन्सिक ल्याबमा पठाउँछाँै । त्यसको रिपोर्ट आएपछि मात्रै केही भन्न सकिन्छ । तर प्रहरीले अनुसन्धान आजैदेखि थालिसकेको छ ।’

पिडीत पक्षको निवेदन नलिएकाबारे उनले भने, ‘हामी कहाँ कसैले बेपता भएको भनी कुनै निवेदन लिएर आएको छैन । महिला अधिकारकर्मीहरूको निवेदनका आधारमा प्रहरीले अनुसन्धानका क्रममा उक्त ठाउँमा उत्खनन् गरेको हो ।’ गत ११ वर्षअघि मुकेश ठाकुरसँग उनको बिहे भएको थियो । मुकेशको मानसिक सन्तुलन ठीक नभएको र उनका एक ६ वर्षीय छोरा छन् ।
 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…