मन्त्री पाण्डेले भनेः हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्द ऐनहरू संशोधन हुने

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन् । नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरूलाई अघि बढाउने बताएका हुन् ।
पर्यटन, संस्कृति,हवाई उड्डयन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेको उनले जानकारी दिए । त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे ।
मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिण्डीकेट नभइ मुलुक बनाउनका लागि सबै दलहरुलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे । उनले अहिलेको सरकार ८४ सम्म चल्ने र मुलुकको समृद्धि र विकासका लागि काम गर्ने बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया