म्याद सकिन लागेपछि धमाधम कोभिशिल्ड खोप लगाइँदै

हेटौंडा : प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशमा स्टोर गरेर राखिएको कोभिड–१९ विरुद्धको भारतीय खोप (कोभिशिल्ड) को म्याद असार मसान्तमा सकिदै छ । आउँदो जुलाई १५ सम्म खोपको म्याद भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिए । म्याद सक्नुअघि नै गत माघ महिनादेखि पहिलो डोज खोप लगाइसकेकाहरुलाई दोस्रो डोजको खोप लगाउने उनले बताए ।
स्वास्थ्य आपूर्ति केन्द्रबाट बागमती प्रदेशको चितवन, मकवानपुर र सिन्धुलीमा खोप जाने गरेको छ । यसअघि कोभिशिल्ड भने प्रदेश २ को ८ जिल्लामा समेत केन्द्रबाट पठाइएको थियो । यही असार ३१ सम्म म्याद भएको कोभिशिल्ड अझै ३० भाइल बाँकी भएको अधिकारीले बताए ।
सो खोप जिल्ला स्वास्थ्य कार्यालय या कुनै पनि स्थानीय तहले आवश्यकता अनुसार माग गर्न सक्नेछन् । यता प्रदेश आपूर्ति स्वास्थ्य व्यवस्थापन केन्द्रमा भने कोभिड–१९ विरुद्धको चाइनिज खोप भेरोसेल पर्याप्त मात्रामा रहेको छ । २२ हजार ५ सय ६४ भाइल भेरोसेल स्टोर गरेर राखिएको छ । भेरोसेल खोपको म्याद भने २०२३ सम्म छ । भेरोसेलको पहिलो डोज खोप लगाएकाले दोस्रो डोज समयमै पाउने भएका छन् ।
कोभिशिल्ड भने देशमै स्टक नभएको हुँदा केहीलाई मात्र लगाउन पुग्ने अधिकारीले बताए । मकवानपुरमा कोभिशिल्डको पहिलो डोज लगाएका २१ हजार ४ सय ३ जना छन् तर उनीहरु सबैले दोस्रो डोज खोप भने लगाउन नपाउने भएका छन् ।
मकवानपुरमा कोभिशिल्ड खोपको म्याद सकिन लागेसँगै खोप लगाउन तिव्र पारिएको छ । जुन १५ अन्तिम म्याद सकिनै लाग्न कोभिशिल्ड खोप फ्रन्टलाइनमा खटिने कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मी लगायत अन्यलाई दास्रो डोज लगाइएको थियो ।
यसैगरी आउँदो जुलाई १५ मा खोपको म्याद सकिन लाग्दै गर्दा लगाउन छुटेका फ्रन्टलाइन रहने व्यक्ति र नेताहरुले मात्र खोपको दोस्रो डोज लगाउन पाउने भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरलाई प्राप्त कोभिशिल्ड खोप गत माघ १४ गते लगाउन रुची नदेखाएकाहरुले पनि अहिले लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए ।
मकवानपुरमा स्थानीय तहलाई लगाउन पठाइएको चाइनिज खोप फिर्ता भएको छ । जिल्लाको दुर्गम तथा विकट क्षेत्रका ६२ देखि ६४ वर्षका केही नागरिकहरुले खोप लगाउन नमानेपछि खोप फिर्ता भएको हो । ६२ देखि ६४ वर्षसम्म नागकिरलाई खोप लगाउन मकवानपुरका दश स्थानीय तहमा ६५ सय खोप पठाइएको थियो ।
यसमध्ये ४ हजार ४४७ जनाले खोप लगाए भने १८ सय ९४ फिर्ता भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । मकवानपुरको हेटौंडा उपमहागरले ४७०, थाहा नगरले २७७, इन्द्रसरोबरले १ सय २६, कैलाशले १८९, बकैयाँले १९४, बागमतीले ४३, मनहरीले २८४, भीमफेदीले २०९, राक्सिराङ ३९ र मकवानपुरगढीले ६० जनालाई लगाउन पुग्ने खोप फिर्ता गरेका हुन् ।
फिर्ता भएको खोप प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला खोप समन्वय समितिमार्फत फ्रन्टलाइनमा खटिने कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मीलाई लगाएको छ । उनीहरुलाई खोप लगाएसँगै जिल्लामा ६ हजार ४ सय ४८ जनाले भेरोसेलको पहिलो डोज लिएका छन् ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया