गोर्खा मिडियामा ऋण प्रवाह भएको सहकारीको रकम प्रयोग गर्नेहरू कारवाहीको दायरामा आउँछन् - डा महत

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गोर्खा मिडियामा ऋण प्रवाह भएको सहकारीको रकम प्रयोग गर्नेहरू कारवाहीको दायरामा आउने बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले गोर्खा मिडियामा रहँदा रवि लामिछानेले सहकारीबाट आएको रकमबाट संस्था संचालन गरेकाले दोषी होइनौ भन्ने कुरा गैरजिम्मेवार भएको समेत बताएका हुन् ।
सहकारीकै रकमबाट गोर्खा मिडिया चलेको देखिएकाले दोषी को हो भन्ने स्पष्टै रहेको उनले बताए । प्रवक्ता महतले सरकारले प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही चलाउने जिकिर गरे ।
उनले सहकारी छानबिन समितिको प्रतिवेदन छिटै सार्वजनिक हुने बताए ।

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति या…

राजावादी आन्दोलन आज पनि, प्रसाईं समुहको अलग्गै प्रदर्शन हुने

चार वटा संसदीय समितिको बैठक बस्दै

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने

वित्तिय अनुशासनले सकरात्मक परिणाम ल्याउँनेः डा. महत

बजेट विगतको निरन्तरतामै सीमितः प्रमुख प्रतिपक्ष

बजेटमा नयाँ के छ ?

प्रतिक्रिया