आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो ।
भारतीय आयल निगमबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आजदेखि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबार बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया