युवराज कार्कीलाई राजदूतमा नियुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौँ : बहराइनका लागि सिफारिस भएका युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कार्कीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आइतबार न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले कार्कीलाई राजदूतमा नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।मन्त्रिपरिषदले भने राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो । मन्त्री भैसकेका व्यक्तिलाई स्नातक तह पास गर्नुपर्ने व्यवस्था हटाएर सरकारले निर्देशिका संशोधन गरेको थियो ।
सोही व्यवस्था अनुसार कार्कीलाई राजदूत सिफारिस गरेको थियो । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा कार्की सामान्य प्रशासन मन्त्री भएका थिए । वैशाख तेस्रो हप्ता बसेको मन्त्रिपरिषद्ले कार्कीलाई बहराइनका लागि नेपाली राजदूत पदमा सिफारिस गरेको थियो।
राजदूतमा सिफारिस भएका कार्कीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता दीपकविक्रम कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया