महिला लिग फुटबलः चन्द्रपुर र बागमतीबीचको खेल बराबरी

काठमाडौँ - एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयका आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडे । यो खेलसँगै चन्द्रपुरले चार खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर अंक तालिकाको छैटौँ स्थानमा रह्यो ।
त्यसैगरी, बागमती पाँच खेलबाट चार अंकका साथ अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न संघर्षरत रहेका थिए । तर सफल भने हुन सकेनन् ।
त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । जितसँगै एपिएफ पाँच खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट एक अंक मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया