हेलम्बुका बाढी प्रभावितलाई गैरआवासीय नेपालीको एक लाख सहयोग

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गर्नुभएको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए ।
यही असार १ को बाढीले प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । रासस

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया