शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

नारायणी अस्पतालमा एमआरआई सेवा पुनः सुरु

पर्सा - वीरगञ्जको नारायणी अस्पतालको एमआरआई सेवा आजदेखि सञ्चालनमा आएको छ । ‘सफ्टवेयर’ समस्याका कारण गत वैशाख १४ गतेदेखि बन्द रहेको सेवा सञ्चालनमा आएपछि महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा एमआरआई गराउनुपर्ने बाध्यताबाट बिरामीले उन्मुक्ति पाएका छन् ।

बजारभन्दा करिब ३० प्रतिशत सस्तो मूल्यमा सेवा दिँदै आएको यस अस्पतालको सेवा बन्द भएपछि दैनिक १० देखि १२ जना बिरामीलाई निजी स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता रहेकामा सो समस्या समाधान भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ऐनामलु हकले जानकारी दिए ।

उनले सेवा सञ्चालन भएपछि  मधेस प्रदेशका पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट उपचारका लागि आउने मस्तिष्क तथा मेरुदण्डका बिरामीहरूको समय र खर्च जोगिने विश्वास व्यक्त गरे । 'अस्पतालमा रहेको ‘७२ च्यानलको थ्री टेस्ला एमआरआई मेसिन’बाट एक दिनमा १० देखि १२ जनालाई सेवा प्रदान गर्न सकिन्छ । यस विशिष्टीकृत सेवाबाट सबैभन्दा बढी गरिब, असहाय र स्वास्थ्य बिमा धारकलाई लाभ हुनेछ', मेसु हकले बताए । 

बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी र सीमावती भारतीय सहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी नारायणी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।
 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल