प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन् ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययी रुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया