उत्ताउलो भएर नबोल्न नयाँ दलहरुलाई सिटौलाको सुझाव

काठमाडौँ - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उत्ताउलो भएर नबोल्न नयाँ दलहरुलाई सुझाव दिएका छन् ।
१११ औं वीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै उत्ताउलो भएर नबोल्न नयाँ दलहरुलाई सुझाव दिएका हुन्।
रास्वपा जनमत जस्ता नयाँ दलहरुलाई जनताले विश्वास गर्नु सकारात्मक पाटो भएको भन्दै साँच्चै जनताको लागि काम गर्ने हो भने विनाकारण अरूलाई दोषारोपण नगर्न सुझाव दिए ।
सिटौलाले जनतामा काम गर्न चाहने पार्टीहरूलाई कांग्रेसको विचारको छातामा आउन समेत आग्रह गरे । उनले लोकतन्त्रलाई बलियो बनाउन काम सबैले गर्नुपर्ने र जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने धारणा राखे ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कांग्रेसले गरेका कामलाई जनतामाझ लैजानुपर्ने बताए । कांग्रेसभित्र समस्यामात्रै नभइ समाधानका उपाय पनि रहेकाले पार्टीलाई कसैले कमजोर पार्न नसक्ने उनले बताए ।
कार्यक्रममा वीपी कोइरालाले मुलुकको परिवर्तनमा गरेको योगदानको चर्चा गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया