मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

दमक : मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पुर्याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ–९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई शनिबार इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो । दुई दिनअघि दमक–७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । रासस

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

आजको मौसमः मधेस र लुम्बिनीमा हावाहुरी चल्ने

आज बुद्ध जयन्ती मनाइँदै

घर भाडामै सक्यो ६० लाख

प्रतिक्रिया