भाडाकै घरमा बागलुङका पाँच पालिका

बागलुङ - बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी, गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् ।
विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय मार्फत् सेवा प्रवाह गर्दै आएको छ ।
जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरी भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा दिन थालेका छन् ।
निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बडिगाड गाउँपालिकाले दोस्रो कार्यकाल सुरु भएपछि आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । निर्माण कम्पनीको ढिला सुस्तीका कारण गलकोट नगरपालिकाको प्रशासकीय भवन समयमै बन्न सकेको छैन ।
अगामी मंसिरमा सक्ने गरि विसं २०७९ असारमा सम्झौता भएको भवन निर्माण अहिलेसम्म २८ प्रतिशत मात्रै काम भएको छ । अब तीन महिनामा ७८ प्रतिशत काम सक्न सम्भावना नरहेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
पाँच तले भवनको हालसम्म चार तला ढलानको काम मात्रै भएको छ । वडा नम्बर ६ चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको हो । भवन १२ करोड ४१ लाख ५५ हजार लागतमा गैरे बताउँछन् । नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।
उनले भने, “निर्माण कम्पनीले सरासर काम गरेको भए यति बेला सकिन्थ्यो, अहिले सम्झौता मिति सकिन लागेको छ, दुई/साढे दुई महिना मात्रै बाँकी छ, अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, साइडमा कामदार निरन्तर लगाइ राखेको छ, तर धेरै कम छन्, त्यति कामदारले कहिले काम सक्ने, यही गतिमा काम भयो भने त दुई÷तीन वर्षमा पनि यो भवन सकिदैन ।”
जैमिनी नगरपालिकाको प्रशाकीय भवन निर्माणका लागि विसं २०७८ मा सम्झौता भए पनि हालसम्म आधा मात्रै काम भएको उपप्रमुख हरिहर शर्माले बताए । आगामी पुसमा सक्ने गरी १२ करोड १४ लाखमा सम्झौता भएको भन्दै अहिलेसम्म ५० प्रतिशत काम भएको उनको भनाइ छ । हालसम्म चौथो तलाको ढलान भएको सुनाए । भवन समयमा नबन्दा मासिक करिब रु एक लाख ६० हजार घर भाडा तिर्दै आएको उनी बताउँछन् ।
ढोरपाटन नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १ को बुर्तिबाङ बजारमै निर्माण गरी रहेको भवन आगामी चार महिनामा सम्पन्न हुने नगर उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न उनको भनाइ छ । नगरपालिकाले दुई वटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरी रहेको जनाउँदै हरेक महिना मासिक एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
_JheTF96IvN_hvoljlrjhba4av9arao1qcws8og4etpxyrqbpnxx7fu0v6tclqyzmng9dr5z_CfeYqMzeup_4yliysywp188md6bkmdjuxmir1daqbbydsk6q9gng50cxxr0eeza6pffpvs5.jpg)
जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_BEj8cHi3QD_0c3ux2fxoptwayfxqq7dskgpk9gbtkhrv3xys8vnfgdudxg88sktecuoikbh.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

प्रतिक्रिया